इलाम, साउन ७ — इलाम नगरपालिका–८, बज्रदेवी क्षेत्रमा आज दिउँसो करिब १:०० बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खस्दा दुर्घटना भएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले चालकसहित घाइते भएका सबै ७ जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको जनाएको छ।
घाइतेहरू:
- नाजु आलम (४०), कन्काई नगरपालिका–९, घैलाडुब्बा, झापा — टाउकोमा चोट, अवस्था मध्यम।
- गोपाल प्रसाद दुलाल (४७), कन्काई नगरपालिका–९, घैलाडुब्बा, झापा — निधार र दाहिने काँधमा चोट, अवस्था सामान्य।
- रिता चेम्जोङ (३६), धरान उपमहानगरपालिका–१०, विशालपथ, सुनसरी — टाउको, निधार, दाहिने हात र बाँया खुट्टामा चोट, अवस्था सामान्य।
- रमेश चेम्जोङ (३३), चालक, फाल्गुनन्द गाउँपालिका–५, फाक्तेप, पाँचथर — बाँया खुट्टामा चोट, अवस्था सामान्य।
- रोहिन लावती (२२), दमक नगरपालिका–७, श्रीपाली, झापा — निधारमा सामान्य चोट, अवस्था सामान्य।
- महेश कुमार राई (७३), धरान उपमहानगरपालिका–१०, विशालपथ, सुनसरी — टाउको, छाती र ढाडमा चोट, अवस्था मध्यम।
- मनकुमार राई (३४), धरान उपमहानगरपालिका–१०, सुनसरी — दाहिने पिँडुलामा चोट, अवस्था सामान्य।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।