अन्य

जानकी मन्दिरमा हर्क साम्पाङको विरोध, सुरक्षा व्यवस्था कडा

Pariwartanka Lagi aawaj July 23, 2026 1 मिनेट पढ्न 0 टिप्पणी

जनकपुरधाम, साउन ५ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रमलाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन भएको छ।

जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका साम्पाङ जानकी मन्दिरमा दर्शन तथा पूजापाठका लागि जाने तयारीमा रहेका बेला केही हिन्दुवादी कार्यकर्ताहरूले मन्दिर परिसरमा विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरूले साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिँदै विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले साम्पाङले विगतमा हिन्दू धर्मप्रति विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

विरोध प्रदर्शनपछि जानकी मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ।

हिन्दुवादी अभियन्ता लक्ष्मी साह सनातनीका अनुसार साम्पाङले विगतमा गाईसम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको तथा क्रिश्चियन धर्मलाई प्रश्रय दिएको आरोपका आधारमा उनलाई मन्दिर प्रवेश गर्न नदिन माग गरिएको हो।

यस विषयमा हर्क साम्पाङ वा श्रम संस्कृति पार्टीको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *