
Gen-Z आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा काठमाडौंको BICC अगाडि Gen-Z सहिदहरूको सम्झनामा आयोजित कार्यक्रमप्रति प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले गम्भीर प्रश्न उठाएकी छिन्।
धितालले कार्यक्रमको स्वरूप, मञ्चको व्यवस्थापन तथा धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि प्रश्न गर्दै आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवार र आज पनि आन्दोलनका घाउ बोकेर बाँचिरहेका घाइतेहरूको पीडालाई कार्यक्रमले कसरी सम्बोधन गर्यो भन्ने विषयमा असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले Gen-Z आन्दोलनको मूल भावना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सत्ता जवाफदेहिता र निरंकुशताको विरोध रहेको स्मरण गराउँदै अहिले आलोचना र प्रश्न गर्नेहरूप्रति धम्की तथा चेतावनीको भाषा प्रयोग हुनु विरोधाभासपूर्ण भएको बताएकी छन्।
“सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने?” भन्दै धितालले आन्दोलनको उद्देश्य र सहिदहरूको बलिदानको मर्मलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
उनको भनाइमा, पछिल्लो एक वर्षमा नेपाली समाजले गुमाएको ठूलो कुरा नै अरूले के महसुस गरिरहेका छन् भन्ने महसुस गर्ने संवेदनशीलता हो।
स्रोत: प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धिताल