अन्य

कपिलवस्तुका पूर्व नगर प्रमुख किरण सिंह मृत अवस्थामा फेला

Pariwartanka Lagi aawaj August 9, 2026 1 मिनेट पढ्न 0 टिप्पणी
कपिलवस्तुका पूर्व नगर प्रमुख किरण सिंह मृत अवस्थामा फेला

कपिलवस्तु। कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह तीन दिनदेखि सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सिंहको शव उनी सम्पर्कविहीन भएको स्थानबाट करिब ६ देखि ७ सय मिटर उत्तरतर्फ बुद्धभूमि नगरपालिका क्षेत्रमा पर्ने ढेकरी जंगलमा फेला परेको हो।

सिंह तौलिहवा–गोरुसिंगे सडकखण्डअन्तर्गत ढेकरी जंगलबाट शुक्रबार साँझदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनसमेत परिचालन गरेको थियो। यद्यपि, प्रारम्भिक खोजीका क्रममा उनको अवस्था पत्ता लाग्न सकेको थिएन।

तीन दिनपछि खोजीका क्रममा जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

See less

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *