-कृष ढुंगाना
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारमाथि भएको धरपकडको विषयलाई लिएर आपत्कालीन बैठक बोलाएको छ। प्रहरीले विभिन्न सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरेपछि महासंघले आपत्कालीन बैठक आह्वान गरेको हो।

महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले बैठक बोलाइएको जानकारी दिएका छन्। उनका अनुसार महासंघले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि भएको धरपकडको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।
सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारमाथि गरिएको प्रहरी कारबाहीको विषयले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा तथा समाचार सङ्कलन र प्रकाशनको स्वतन्त्रताबारे बहस सिर्जना गरेको छ।